काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा हुने भएको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको हो । यसअघि सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको दुवै निर्वाचन एकै चरणमा मंसिर १० गते गर्ने मिति तय गरेको थियो ।


ADVERTISEMENT

# # #


सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आयोगको आग्रहअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार प्रदेशसभा र प्रतिनिधिसभाका दुईवटा मतपत्र हुनेछन् । एउटा मतपत्र प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र अर्को समानुपातिक तर्फको मतपेटिकामा मत खसाल्नु पर्ने हुन्छ ।

मंसिर १० र २१ गते दुवै तहका निर्वाचन हुने मन्त्री बस्नेतले प्रस्ट पारे । पहिलो चरणमा मंसिर १० गते हिमाली जिल्लाहरुमा र सुगम जिल्ला, क्षेत्रहरुमा २१ गते दोस्रो चरणमा दुवै तहका निर्वाचन हुने छ ।