काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देशका सातवटै प्रदेशका ४० जिल्लामा फैलिएको छ । शनिबार (आज) पहिलो पटक सुर्खेतमा ३ जना संक्रमित देखिएसँगै देशका ७७ मध्ये ४० जिल्लामा कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतसहित वैतडी, बर्दिया, बाँके र झापाका ३६ जनामा कोरोना देखिएको हो । आज देखिएका संक्रमितमध्ये ३५ जना पुरुष र १ जना महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । संक्रमितमध्ये ५०५ पुरुष र ७९ जना महिला रहेका छन् । ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन् ।

प्रदेश १ मा ८६ जना कोरोना संक्रमित रहेका छन् । यस्तै प्रदेश २ मा १७२, बाग्मती प्रदेशमा ३२ (एकको मृत्यु), गण्डकी प्रदेशमा ५, प्रदेश नं. ५ मा २७१ (एकको मृत्यु), कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १४ जना संक्रमित रहेका छन् ।