वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भएका डेढसय नेपालीको शव विश्वव्यापी महामारी कोरोना भाइरससिर्जित परिवेशका कारण उतै रोकिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा सिल गरेका कारण यसअवधीमा मृत्यु भएका २०७ जनाको शव नेपाल ल्याउन नपाइएको हो ।


ADVERTISEMENT


जसमध्ये ५८ जनाको परिवारले उतै अन्त्येष्टि गर्न सहमति दिएका छन् भने बाँकी १४९ शव श्रम गन्तव्यमै रोकिएको हो । वैदेशिक रोगार बोर्डका अनुसार यसअवधीमा १० नेपाली कारमदारको मृत्य कोभिड–१९ संक्रमणबाट भएको छ ।


ADVERTISEMENT

# # #


वैदेशिक रोगार बोर्डका अनुसार यस अवधीमा सबैभन्दा बढी मृत्य साउदी अरेबियामा भएको छ । साउदीमा १ महिला र ४८ पुरुषले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई०मा ४२ पुरुष र ४ नेपाली महिला कामदारको मृत्यु भएको छ ।

जसमध्ये ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । साउदीमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या तीन छ ।

लकडाउनको अवधीमा हालसम्म मलेसियामा ४४, कतारमा ४१, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ७ जना नेपाली कामदारको मृत्यु भएको वोर्डले जनाएको छ । कोरोनाले मृत्यु हुनेहरु कतार, टर्की र अर्को एउटा देशमा छन् ।

शव अन्त्येष्टिका लागि ५८ परिवारले सहमति दिएका छन् । सरकारले विदेशमा मृत्यु भएकाहरूको शव सोही देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि मृत्यु भएकाको शव नेपाल ल्याउन समस्या भएपछि कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय गरिएको थियो ।

विदेशमै अन्त्यष्टि गर्ने सहमति प्राप्त भएका शव यूएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारमा ६, दक्षिण कोरियामा ३ र अन्य देशमा १० जनाको छ ।