काठमाडौँ – गुल्मीको मदाने गाउँ पालिकाका वडा नं. ६ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।


ADVERTISEMENT


उनको रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनको बिहीबार निधन भएको हो । गम्भीर अवस्थामा रहेका उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


जेठ २ गते नै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो भने जेठ ५ गते (सोमबार) कोरोना रिर्पोट पोजेटिभ आएको थियो । उनी पुरुष गत जेठ १ गते ज्वरो आएको, टाउको दुख्ने समस्या देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

यससंगै नेपालमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेको नरैनापुरका २५ वर्षीयक युवकको मृत्यु भएको थियो ।