काठमाडौं- कोभिड–१९ को संयुक्त प्रभावले मानव विकासको तथ्यांकमा ठूलो प्रभाव पार्न सक्ने यूएनडीपीको विश्लेषण छ । कोभिड–१९ का कारण शिक्षामा मात्रै नभई रोजगारीको असुरक्षाले लैंगिक समानता कमजोर, महिलाहरुको आय तथा बचतमा कमी, लैंगिक हिंसा बढ्नेजस्ता समस्या आउन सक्ने यूएनडीपीले जनाएको छ । धनी देशको तुलनामा कोभिड–१९ को सामाजिक तथा आर्थिक प्रभाव समाधान गर्न नसक्ने विकासशील मुलुकमा मानव विकास तल झर्न सक्ने यूएनडीपीको प्रक्षेपण छ ।


ADVERTISEMENT


मानव विकासको अवस्था कमजोर रहेका मुलुकमा प्राथमिक शिक्षा लिइरहेका ८६ प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको यूएनडीपीको आँकलन छ । मानव विकास सूचकांकको अग्रणी अवस्थामा रहेका देशमा यो अवस्था २० प्रतिशत मात्रै छ । इन्टरनेटको सर्वसुलभताले यो खाडल कम गर्न सकिने यूएनडीपीको विश्लेषण छ ।


ADVERTISEMENT

# # #


शिक्षा, स्वास्थ्य र जीवनयापनको स्तरका आधारमा मापन गरिने मानव विकास ३० वर्षमा पहिलोपटक घट्न सक्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रक्षेपण गरेको छ ।  मानव विकासको आधारभूत क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावको अनुभूति धेरै देशमा भइरहेको विज्ञप्तिमा उल्लेख छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले १ सय ७० देशको प्रतिव्यक्ति आय ऋणत्मक हुने भन्ने तथ्यांक पनि युनएनडीपिले उल्लेख गरेको छ । त्यस आधारमा यो वर्ष विश्वव्यापी प्रतिव्यक्ति आम्दानी ४ प्रतिशत घट्ने अनुमान युएनडीपिको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् १९८० यतापछि सबैभन्दा बढी विद्यार्थी शिक्षाबाट वञ्चित भएको यूएनडीपीको आँकलन छ । उसका अनुसार ६० प्रतिशत विद्यार्थी शिक्षाबाट वञ्चित छन् ।