काठमाडौँ – सतरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्ण कुमार श्रेष्ठले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको प्रमाणित भए आफू झुण्डिन तयार भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद श्रेष्ठले आफूमाथि लागेको आरोपबारे स्पष्टिकरण दिए । उनले आफूमाथि झठो आरोप लगाएर चरीत्रहत्या गर्ने काम भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले आफूमाथि सांसद अपहरणको आरोप लगाउने जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईलाई पनि आरोप प्रमाणित नभएर झुण्डिन तयार छन् भन्दै प्रश्न गरे ।

‘केही हप्ताअघि यहाँ सांसद अपहरणका कुराहरु आए र म लगायत माननीय महेश बस्नेतकोसमेत चरीत्र हत्या गर्ने काम भयो ।’ उनले भने, ‘सम्पूर्ण माननीय ज्यूहरुलाई साछी राखेर म भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेहरुलाई म चुनौति दिन चाहन्छु, यदि प्रमाणित भयो भने सबै माननीयको अगाडि झुण्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि सांसद श्रेष्ठ, नेकपाकै अर्का सांसद महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली गत वैशाख १० गते काठमाडौंबाट महोत्तरी पुगेर समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई रातारात काठमाडाँै ल्याएर एउटा होटेलमा राखेको थियो । त्यसको भोलि पल्टै सांसद यादव होटेलबाट फुत्किएका थिए । यता समाजवादीका नेता डा.बाबुराम भट्टराई लगायतले सांसद श्रेष्ठ, बस्नेत र पूर्वएआईजी खनाललाई आफ्ना सांसद अपहरणको आरोप लगाएका थिए ।

त्यसपछि डा.यादवले श्रेष्ठसहित बस्नेत र खनालको टोलीमाथि अपहरणको आरोप लगाई प्रहरीमा जाहेरी दर्ता गर्ने प्रयास गरेका थिए ।