काठमाडौँ — लकडाउनले अप्ठेरो पारेका मुद्दाबारे छलफल गर्न सर्वोच्च अदालतमा १९ सदस्यीय बृहत् पूर्ण इजलास गठन भएको छ । करिब ५५ दिनदेखि जारी लकडाउनका कारण उठ्ने म्याद, हदम्याद अनि तारेखका विषयवस्तुबारे सम्बोधन गर्न सर्वोच्च अदालतमा बहालवाला एकजना बाहेक सबै न्यायाधीश सम्मिलित बृहत्तर इजलास गठन भएको हो ।


ADVERTISEMENT


इजलासमा सर्वोच्च अदालतकै मुद्दा महाशाखाबाट तयार भएको प्रतिवेदनबारे छलफल हुनेछ । उक्त प्रतिवेदनका साथमा अधिवक्ताहरु टिकाराम भट्टराई र महेश्वर श्रेष्ठलगायतले दर्ता गरेको निवेदन पनि साथमा राखिएको छ । सर्वोच्चमा हाल २० जना न्यायाधीश बहाल रहेकोमा १९ सदस्यीय इजलास गठन भएको हो । न्यायाधीश डम्बरबहादुर शाहीले केही दिनभित्रै अवकाश लिने भएकाले उनलाई इजलासमा समावेश गरिएको छैन । सर्वोच्चमा एउटा न्यायाधीशको पद भने रिक्त छ


ADVERTISEMENT

# # #