काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को रोकथामका तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउने भएको छ ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले १५ दिन थप गर्दै जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघिको लकडाउनको समयावधि भोलि (सोमबार) राति १२ बजे सकिँदै थियो ।


ADVERTISEMENT

# # #


सरकारले लकडाउनको समयावधि सातौँ पटक थप गरेको हो । गत चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको छ । लकडाउनको आज ५५ औँ दिन हो । आजै उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले लकडाउन बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

नेपालमा हालसम्म २९१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये दुई जनाको निधन भएको छ भने ३६ जना उपचारपछि निको भएका छन् । बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।