काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।


ADVERTISEMENT


पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ ।

प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिइन् ।

क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिका संयोजक मल्लले बताए ।

अध्यक्षमा रञ्जित तामाङ, मदन अर्याल र अनिल शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सबै उम्मेदवारलाई बन्दशत्रमा १०/१० मिनेट बोल्न दिएर मत माग्ने व्यवस्था गरिएको छ । पर्चा, पम्प्लेटबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने र निर्वाचन प्रक्रिया शुरु गर्ने तयारीमा निर्वाचन समिति लागेको छ ।

संयोजक मल्लले केहीबेरपछि निर्वाचन शुरु हुने जानकारी दिए । यसअघि सहमतिमा नै नेतृत्व चयन हुँदै आएको क्रान्तिकारीमा यसपटक भने निर्वाचन हुन लागेको हो । रासस