काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बुधबार बस्ने भएको छ । एक दिन मात्र बस्ने बैठकका लागि दुई एजेन्डा तय भएको छ ।


ADVERTISEMENT


बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र सीमा समस्याको एजेन्डामा छलफल हुने नेकपाका एक नेताले बताए ।


ADVERTISEMENT

# # #


सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो । त्यही बेला २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको पनि थियो ।

तर, बैठकको एजेन्डामा सहमति नभएको भन्दै स्थगित गरिएपछि सोही दिन असन्तुष्ट नेताहरूले पार्टी कार्यालय धुम्बाराहीमा अलग्गै छलफल गरेका थिए ।