काठमाडौँ – उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएका ६ जना निको भएका छन् । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उनीहरुको लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचआ)को मापदण्ड अनुसार लगातार दोस्रो रिपोर्ट नेगेटिभ आउनुलाई कोरोना निको हुनु मानिन्छ । उदयपुरमा देखिएका कूल २८ जनामध्ये ६ जना निको भएका हुन् ।


ADVERTISEMENT

# # #


डिस्चार्ज पछि उनीहरुलाई क्वारेन्टाइनमा राखिने अस्पतालले जनाएको छ । बाँकीको विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २२ पुगेको छ । नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मंगलबार मात्रै नेपालगञ्जका ७ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।