काठमाडौँ – कामना सेवा विकास बैंक बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को अवस्थालाई मध्येनजर गर्दै आम जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका उक्त खाता सञ्चालनमा ल्याएको बैँले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेको इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम ५ हजार रुपैयाँ रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजार रुपैयाँ बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिने बैँकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।