नेपालगञ्ज- कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै नेपालगञ्नमा लकडाउनलाई थप कडाइ गरिएको छ।


ADVERTISEMENT


बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। आज बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।


ADVERTISEMENT

# # #


हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि तिन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।

सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्को संयोजकत्वमा जिल्ला प्रशासन बाँकेमा बसेको सर्वदलिय र सर्वपक्षिय बैठक नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

उक्त निर्णय अनुसार सो अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्रयाक्ट ट्ेरसिङ र स्वाव संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही घरबाहिर निस्कन पाउने छैनन्।

बाँके गत शुक्रबार पहिलो संक्रमित देखिएको थियो। आइतबार १५ जनामा संक्रमण देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका ९० जनाको कन्टेयाक्ट ट्रेसिङ मार्फत स्वाबको नमूना संकलनगरिएको थियो। अरुको रिपोर्ट आउन बाँकी छ।