काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।


ADVERTISEMENT


नेपालगञ्जमा गरिएको परीक्षणमा  ५ पुरुष र ४ जना महिला  गरी ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।


ADVERTISEMENT

# # #


यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो । आजै पर्साको वीरगञ्जका एक जना पुरुषमा पनि कोरोना देखिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।