काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक यही २५ गते बस्ने भएको छ ।


ADVERTISEMENT


शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवलय बैठकले वैशाख २५ गते बिहान ११ बजे बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसको तयारीका लागि पार्टी सचिवालयको बैठक २४ गते दिउँसो ३ बजे बस्ने उनले बताए ।


ADVERTISEMENT

# # #


नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

तेस्रो अध्यक्ष बन्न नेपालको अस्वीकार

यस्तै वरिष्ठ नेता माधव नेपालले पार्टीको तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तेस्रो अध्यक्ष बन्न गरेको प्रस्तावमा नेता नेपालले असहमति जनाएका हुन् ।

‘पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा पनि छलफल भएको थियो’ प्रवक्ता श्रेष्ठले भने ‘तीन अध्यक्ष बनाउने विषयमा माधव कुमार नेपालको असहमति छ।’ यससँगै तेस्रो अध्यक्षको एजेण्डा समाप्त भएको उनले बताए ।

प्रधानमन्त्री ओलीको आत्मालोचना

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले छिट्टै संसदको वर्खे अधिवेशन बोलाउने तयारी गरेको जानकारी गराएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।