काठमाडौँ – भारतले साफ यू–१५ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । फाइनल खेलमा आयोजक नेपाललाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि भारतले उचालेको हो ।


ADVERTISEMENT


ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलको ४० औ मिनेटमा भारतीय खेलाडीले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदपयोग गर्दै ब्रिजेश चौधरीले सुन्दर गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


तर भारतले दास्रो हाफको ५८ औ मिनेटमा भारतीय खेलाडीले गोल गर्दे बराबरीको स्थितिमा पुर्याए । त्यस्तै ७४ औं मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई २–१ गोलको अग्रता दिलाएका हुन् । जुन विजयीको कारण बन्न पुग्यो ।

सुरुवाती देखि नै एकपछि अर्को सुन्दर पास दिदै खेलेको नेपालले निकै राम्रो गोल गर्ने अवसर खेर फालेको थियो । खेलको दोस्रो मिनेटमा नै नेपाली खेलाडीले प्रहार गरेको बल पोष्ट भन्दा केही माथिबाट बाहिरिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा भारतीय खेलाडीले राम्रो मुभ बनाउदै नेपालका गोलकिपरलाई पनि छल्दै गोल गर्ने प्रयास गरेका थिए । तर नेपाली डिफेन्डरले बचाउन सफल भए ।

नेपाली डिफेन्स निकै फितलो हुँदा नेपालले दुई गोल खाएको थियो । नेपालले दोस्रो हाफमा गोल गर्ने केही राम्रा अवसरलाई गुमाएको थियो