उदयपुर — उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । सातायता क्वारेन्टाइनमा बसेका ती युवकले भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडाैं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । आत्महत्या गर्नुको कारणले खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताए ।

क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबिच नियमित झगडा हुँदै आएको बताए । क्याम्पसको क्वारेन्टाइनमा कोरोना भाइरसको आशंका गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए ।