काठमाडौँ – कालोबजारी गरेको मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका उद्योगी सुलभ अग्रवाल पुःन पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका अग्रवाललाई छुट्ने बित्तिकै पुःन पक्राउ परेका हुन् ।


ADVERTISEMENT


अदालतको आदेशमा छुट्ने बित्तिकै अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नका लागि फेरि पक्राउ गरेको परिसर प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको थियो । अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका उनीमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोप लागेको थियो ।