पर्सा – स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बुधबार साँझ वीरगंज महागरपालिका– १६ रजतजयन्ती चौकबाट सोही महानगरपालिका–१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त स्थानमा अवैध वित्तीयय कारोवार (हुण्डी) भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट प्रहरीको खटिएको थियो । रक्सौल वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारेपटि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।