काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।


ADVERTISEMENT


बुधबार जापान सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गरेको दूतावासले जनाएको छ ।