काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल पनि अहिले लकडाउनमा छ ।


ADVERTISEMENT


कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सर्वसाधारणले घर बाहिर निस्किन पाएका छैनन् । जसको प्रभाव सडकमा देखिएको छ । अत्यावश्यक बाहेकका सवारी गुड्न नपाएका कारण सँधै ट्राफिक जाम हुने काठमाडौँका सडक अहिले भने खुला छन् ।


ADVERTISEMENT

# # #


गत चैत्र ११ गतेदेखि सुरु भएको लकडानको समय सरकारले पाँचौँ पटक थप गरेको छ । राजधानी बाहिरिने नाकाहरुमा मानिसहरुको चाप केही मात्रामा भएपनि राजधानी भित्रका मुख्य सडकमा भने फाट्टफुट्ट मात्रै सवारी साधान देखिन्छन् ।

खाली सडक पेटीहरु पैदलयात्री पर्खिरहेका छन् ।