काठमाडौँ — विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेका छन् ।


ADVERTISEMENT


महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा लाइन लगाएर राखिएको छ। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको हो।


ADVERTISEMENT

# # #


यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्‍वयवस्था गरेर काठमाडौं पठाएको बताएका छन्।