काठमाडौँ – पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना भाइरस (कोभिढ–१९) संक्रमणपछि उपचाररत चारजना निको भएका छन् ।


ADVERTISEMENT


दोस्रो रिपोर्ट पनि नेटेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् । उनका अनुसार रौतहटका १९ वर्षीय पुरुष १२ औँ दिनमा र अन्य तीनजना पुरुषहरु १५ औँ दिनमा निको भएर घर फर्किएका छन् ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमणपति निको हुनेको संख्या १६ पुगेको छ । नेपालमा ५१ जनामा कोरोना देखिएको छ । बाँकीको उपचार भइरहेको छ ।

आइतबार मात्रै वीरगञ्जमा दुईजनामा कोरोना पुष्टि भएको थियो ।