काठमाडौँ – पर्साको वीरगञ्जमा थप दुईजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५० वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार संक्रमितहरु आइसोलेशनमा रहेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।


ADVERTISEMENT

# # #


जसमध्ये १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् भन बाँकीको उपचार भइरहेको छ ।