काठमाडौं – साउदी अरवस्थित नेपाली दूतानासले विश्वब्यापीरुपमा फैलिएको कोरोना महामारीबाट त्यहाँ रहेका नेपाली कामदारहरुमा परेका समस्या छुट्टै टेलिफ़ोन नम्बरमा दर्ता गर्न सकिने ब्यबस्था गर्न लागेको छ । यसअघि दूतावासले त्यहॉ रहेका मेपालीहरुलाई कोरोना संक्रमणसंगै रोजगार गुम्ने, खाना र आवासको अभावलगायत समस्याबारे दूतावासको फेसबुक, इमेल, ह्नाट्सएपलगायतबाट विस्तृत विवरण दिन अनुरोध गरेको थियो ।


ADVERTISEMENT


तर कतिपय नेपालीहरुले फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी आएपछि दूतावासले गुनासा र समस्या लिनकै लागि दुईवटा टेलिफोन नम्बर व्यवस्था गर्न लागेको हो । दूतावासका अनुसार बैशाख १५ गते ९अप्रिल २७, २०२०० सोमबारदेखि त्यस्तो टेलिफोन नम्वरहरुको व्यवस्था गर्न लागिएको छ ।


ADVERTISEMENT

# # #


दुतावासले एक सूचना जारी गर्दै राजदूतावासको फेसबुक, इमेल, ह्वाट्सएप लगायतबाट विस्तृत विवरण लिइने सेवा पनि निरन्तर रहने जनाएको छ । दूतावासले सोमबारदेखि उपलब्ध हुने टेलिफोनमा आफ्ना वास्तविक समस्याहरु टिपाएर समस्या समाधानमा सहयोग गरिदिन अनुरोध गर्दै यसरी संकलन गरिने विवरण राजदूतावास अभिलेख र वास्तविक समस्या समाधानमा महत्वपूर्ण हुने उल्लेख गरेको छ ।