काठमाडौँ — शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुलुकको अवस्था सामान्य भएको तीन सातापछि मात्रै रोकिएको परीक्षा हुने बताएका छन्।


ADVERTISEMENT


‘काठमाडौ र बाहिरको अवस्था फरक छ । विद्यार्थीहरु विद्यालय र कलेजबाट घर गएका छन् त्यसैले स्थिति सामान्य भएको  तेस्रो साताबाट मात्रै परीक्षा गराउछौ,’ शिक्षा पत्रकार समूहले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री पोखरेलले भने, ‘१२ परीक्षाको परीक्षा गर्नै पर्ने हुन्छ । १० र ११ विकल्प पनि आएको छ । यो पनि सकेसम्म परीक्षा गराउने पक्षमा छु ।’


ADVERTISEMENT

# # #


आइतबार ( आज )हुने मन्त्रिपरिषद्को बैठकको निर्णयपछि मन्त्रालयले कार्ययोजना बनाउने उनले बताए ।

यस्तै एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्नेबारे पनि छलफल भइरहेको उनले बताए । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको मन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको जनाएका हुन् ।

यस्तै जाडो र गर्मी विदा, चाडपर्व विदा घटाउनका साथै अतिरिक्त कक्षा बढाएर भएपनि शैक्षिक सत्र खेर जान नदिने तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए ।

लकडाउन सकिएको पहिलो हप्ता विद्यालय तहको नतिजा प्रकाशन र दोस्रो हप्ता विकल्पका आधारमा भर्ना शुरु गर्ने गरी तयारी भइरहेकोसमेत मन्त्री पोखरेलले जानकारी दिए ।

विद्यालयमा बाक्लो उपस्थिति हुने र फेस टु फेस कन्ट्र्याक हुने भएकाले लक डाउन खुलेपनि निश्चित दुरी राखेर खोल्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।