लन्डन — कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बेलायतमा तीन दिनको अन्तरालमा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ । ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो । बालबालिकाको नर्स रहेकी केटी डेभिसको गत मंगलबार मृत्यु भएको थियो भने उनकी जुम्ल्याहा पूर्वनर्स एमा डेभिसको शुक्रबार मृत्यु भएको हो ।


ADVERTISEMENT


कोभिड–१९ संक्रमणका कारण अति प्रभावित बेलायतमा शनिबार बिहानसम्म १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा नर्सको संख्या ५० रहेको ‘नर्सिङ टाइम्स’ ले उल्लेख गरेको छ । बेलायतमा हालसम्म १ लाख ४४ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


ADVERTISEMENT

# # #