विरगञ्ज– स्थानीय चुनावमा जाने राष्ट्रिय जनता पार्टीले घोषणा गरेको दोस्रो दिन वीरगञ्जमा मेयरका आकांक्षी दुई नेताका समूहबीच झडप भएको छ ।


ADVERTISEMENT


वीरगञ्ज महानगरपालिका लगायत विभिन्न स्थानीय तहका उम्मेदवार छनोटको लागि स्थानीय कुमुप्यालेस होटेलमा आयोजित छलफल कार्यक्रमका पर्यवेक्षक अगाडि नै शुक्रबार झडप भएको हो । झडपपछि छलफल बिथोलिएको थियो भने दुबै पक्षका कायकर्ताहरूले नाराबाजी सुरु गरे।


ADVERTISEMENT

# # #


केन्द्रबाट आएका केन्द्रीय उपाध्यक्ष पर्यवेक्षक विजय गुप्ता अगाडि नै मेयर आकाँक्षी विमल श्रीवास्तव र राजेशमान समूह बीच झडप भएको हो । कार्यक्रमको सुरुमै केन्द्रीय महासचिव राजेशमान सिहं (श्रेष्ठ)को नेतृत्वमा आएको जुलुस कार्यक्रम स्थलमा पुगेपछि माहासचिव विमल श्रीवास्तव तथा सिंहको पक्षमा दुबैका समर्थकले नारावाजी सुरु गरेका थिए । चर्का नाराबाजी भइरहदा दुबै पक्षका कार्यकताबीच धकेलाधेकली र समान्य झडप समेत भएको एक सहभागी ले बताए ।

वीरगञ्जको मेयर पदका उम्मेदवार बन्न राजपाले चुनावमा जाने घोषणा गर्नु अगावैदेखि आकांक्षी रहेको र बेग्लाबेग्लै कार्यक्रमहरू गर्दै आएका श्रीवास्तव र सिंहबीच अहिले टिकट पाउन द्वन्द्व चलिरहेको छ । केहीदिन यता पार्टीभित्र ठूलो ध्रुविकरण भइरहेको राजपा नेताहरू बताउँछन् । कार्यक्रम स्थालमै नाराबाजी हुन थालेपछि कार्यक्रमलाई स्थगित गरी दुवै समूहसँग पर्यवेक्षक गुप्ताले छुट्टाछुट्टै भेटघाट गर्न लागेको छलफलमा सहभागीले बताए ।

‘जिल्लाका नेता, यहाँ रहेका केन्द्रीय नेताहरू र जनवर्गीय संगठनहरूको समेत बैठक राखिएको थियो वीरगञ्ज माहानगर, पोखरिया नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीहरूको पहिचान गर्न यो पहिलो भेला राखिएको थियो,’ राजपाका अर्का माहासचिव शिव पटेलले भने, ‘भीड ज्यादै थियो, दुई समूहबीच नाराबाजीले परिस्थिति असहज भएपछि छलफल अगाडि बढ्न सकेन ।’