काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको छ । नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


अध्यक्ष राजीब ढुंगानाले सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिए । उनका अनुसार ५- ५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित नेबिसंघले प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


 

यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।