काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि मोबाइल फोन इम्पोटर्स एशोसिएसन (एमपीआईए)ले नेपाल प्रहरी अस्पताललाई ५ हजार थान मास्क सहयोग गरेको छ ।


ADVERTISEMENT


बिहीबार महाराजगंज स्थित नेपाल प्रहरी अस्पतालमा एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा लगायतका पदाधिकारीले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) डा. आशा सिंहलाई मास्क हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


हस्तान्तरणपछि अध्यक्ष मल्होत्राले उक्त सहयोगले कोभिड–१९ विरुद्ध लड्नका लागि राष्ट्रिय निकायलाई थप बल पुग्ने विश्वास व्यक्त गरे ।