विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाको कहर वर्तमान अवस्था भन्दा पनि भयावह हुनसक्ने चेतावनी दिएको छ । डब्लूएचओका महासचिव टेड्रस एडनमले राष्ट्रिय र वैश्विक स्तरमा एकजुट नभए आगामी दिनमा कोारोन भाइरसको जोखिम अझै भयावह हुन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


उनले भनेका छन्, “यो एउटा यस्तो भाइरस हो, जसलाई अहिले पनि धेरै देश र धेरै मनिसहरुले बुझ्न सकेका छैनन् । कयौं विकसित देशहरुले पनि यसका विषयमा गलत निष्कर्ष निकालिरहेका छन् किनकी उनीहरुलाई सही जानकारी नै छैन ।”


ADVERTISEMENT

# # #