बाँके शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो । रासस


ADVERTISEMENT

# # #