एजेन्सी जापानका चिकित्सकहरुले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली निकै खराव अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


अहिले जापानमा अत्यधिक चापको कारण केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सीमा रुपमा राखेर उपचार गर्न नसकिने अवस्था आएको अधिकारीहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


जापानमा अहिले संक्रमितको संख्या १० हजार नाघिसकेको छ । यसबाट अहिलेसम्म दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।जापानको जीपीएस (जनरल प्राक्टिसनर सर्जरीज) का चिकित्सकको समूहले जापानमा कोरोना भाइरसका बिरामी परीक्षणमा सहयोग गरिरहेको अधिकारीहरुले बताएका छन् ।

जीपीएसका सहायक प्रमुख कोनोसिन टामुराले मुलुकको स्वास्थ्य प्रणाली बचाउन आफूहरुले यस्तो प्रयास गरिरहेको बताए । उनले अहिले सबै मानिसले सहयोगको हात अघि बढाउनु जरुरी रहेको बताए । अन्यथा, मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुने उनको चेतावनी थियो ।

पछिल्लो समय उल्लेख्य मात्रामा कोरोना भाइरसका बिरामी भेटिएसँगै जापानमा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार पनि प्रभावित बन्न पुगेको बीबीसीले उल्लेख गरेको छ ।