काठमाडौँ – कोरोना संक्रमणलाई जितेर नेपालमा एक युवती घर फर्किएकी छन् । काठमाडौँको टेकुस्थित शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचाररत  १९ वर्षीय ती युवती शनिबार निको भएर घर फर्किएकी हुन् ।


ADVERTISEMENT


उनी २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीले जनाएका छन् । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवती नेपालको दोस्रो संक्रमित हुन् ।


ADVERTISEMENT

# # #


उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई पुगेको छ । यसअघि चीनबाट फर्किएका एक पुरुष विद्यार्थी निको भएका थिए ।

नेपालमा हालसम्म ३० जनामा संक्रमण देखिएको छ । जुसमध्ये दुई निको भइसकेकाले २८ जना उपचाररत रहेका छन् । शुक्रबार मात्रै नेपालमा १४ जना नयाँ संक्रमित फेला परेका थिए । जसमा १२ जना उपदयपुर र २ जना चितवनमा भेटिएका हुन् ।

उदयरपुरमा भेटिएका १२ जनाको विराटनगरस्थित कोरोना विशेष अस्पताल र चितवनमा भेटिएकाहरुको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना, बाग्लुङस्थित धौलागिरी अस्पतालमा २ जना, काठमाडौँको टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालमा १ जना, ललितपुरको पाटन अस्पतालमा २ जना र पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ जना उपचाररत रहेका छन् ।

(अस्पतालका प्रवक्ता डा .अनुप बाँस्तोला र ती युवतीको अनुमतिमा यो तस्बीर प्रकाशित गरिएको हो ।)