काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड १९) संत्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ जना र चितवनमा २ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


उदयपुरमा भेटिएका सबै पुरुष भएको र उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय रहेको मन्त्रालयले जनाएको छ ।  उनीहरु सबै नुरुी मस्जिदमा भेटिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए । नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै चितवनमा भेटिएकाहरु ६३ वर्षीय (आमा) र २७ वर्षीय (छोरा) रहेका छन् । उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौँ आएका थिए । बुधबार दु्रत जाँच ‘र्‍यपिड’ डाइग्नोष्टिक टेष्ट गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो ।

यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनी पहिलो संक्रमित हुन् । अन्य संक्रमितमध्ये कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५ जना, बाग्लिुङस्थित धौलागिरी अस्पतालमा २ जना, वीरगञ्जस्थित नारायणी अस्पतालमा ४ जना, काठमडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ तथा ललितपुरको पाटन अस्पतालमा २ जना उपचार गरिरहेका छन् ।