काठमाडौँ  – राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ /०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।


ADVERTISEMENT


विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।


ADVERTISEMENT

# # #