काठमाडौं – सरकारले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा ३४ जना चिकित्सक पठाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी र एमएसमा अध्ययनरत ३४ चिकित्सक शुक्रबार यति एयरलाइन्सको जहाज चार्टर गरी सुदूरपश्चिम पुगेका हुन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट परिचालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको हो । प्रवक्ता डा. देवकोटाका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिनेछ । सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा मानिस भित्रिएका छन्।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ।