सप्तरी – सप्तरीमा राजविराजसहित विभिन्न स्थानीय तहमा १८८ जनाको आरडिटी किटबाट द्रुत परीक्षण गरिएको छ ।


ADVERTISEMENT


राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


परीक्षण गरिएका १८८ मध्ये १८६ को रिपोर्ट नेगेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको रिपोर्ट पोजिटिभ आएकामा उनीहरूको समेत पिसीआर प्रविधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालले हालसम्म १८ वटा स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । रासस