काठमाडौँ — सशस्त्र प्रहरीले भारतीय सीमानाका सिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप फौज परिचालन गरेको छ । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरेको छ ।


ADVERTISEMENT


सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले पनि सीमातर्फ आफ्ना करिब ५ हजार सुरक्षाकर्मी ४ सय ५० युनिटमार्फत खटाएको छ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरी मुख्यालयका अनुसार एक नम्बर वराह बाहिनी सुनसरीबाट एक हजार ५ सय ४९, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट ३ हजार २ सय ६२, ३ नम्बर गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९, ४ नम्बर मुक्तिनाथ बाहिनी पोखराबाट १८, ५ नम्बर विन्द्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट २ हजार ४ सय २० र वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट एक हजार एक सय १५ गरी ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो।

दक्षिणतर्फ भारतसँग एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ।