एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने बताएको छ ।


ADVERTISEMENT


एसियाली देशहरूको विकासमा कमी आउँदा वैश्विक वित्तीय संकटको वार्षिक औसत विकास दर ९४.७ प्रतिशत० वा एसियाली वित्तीय संकट ९१.३ प्रतिशत० भन्दा पनि खराब हुने आईएमएफको भनाइ छ ।


ADVERTISEMENT

# # #


आईएमएफका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ ।

आईएमएफको चेतावनी विश्व बैंकको चेतावनीको ठीक एक दिनपछि आएको हो । विश्व बैंकले दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको बताएको थियो ।