काठमाडौँ– गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या भने ३१ छ ।


ADVERTISEMENT


महादेव पन्थलाई भक्तपुर सरुवा गरिएको छ । यसअघि उनी सुर्खेतको प्रमुख जिल्ला अधिकारी थिए । सुर्खेतमा भने गृहमन्त्रालयमा रहेका सिताराम कार्कीलाई सीडीओ बनाएर पठाइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी चक्रबहादुर बुढालाई गृहमन्त्रालयबाट मकवानपुरको सीडीओ बनाएर पठाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद दुवाडीलाई गृहमन्त्रालयमा तानिएको छ ।

आसमान तामाङलाई सिन्धुपाल्चोक, नारायणप्रसाद भट्टराईलाई बर्दिया र चन्द्रमान श्रेष्ठलाई उदयपुरको सीडीओ बनाएर पठाइएको छ । कास्कीका सहक्षेत्रीय प्रशासक विष्णु पोखरेललाई इलाम र बर्दियाका विष्णुबहादुर थापालाई बाग्लुङ सरुवा गरिएको छ ।

प्रहरी किताबखानामा रहेका मदन भुजेललाई कपिलवस्तुको सीडीओ बनाएर पठाइएको छ । कपिलवस्तुका सीडीओ विष्णुप्रसाद ढकाललाई भने प्रहरी किताबखानामा तानिएको छ ।

उपसचिवतर्फ विष्णु पौडेललाई जुम्ला, दिलिप लामिछानेलाई रामेछाप, विश्वराज न्यौपानेलाई दैलेख, बद्रीनाथ गैरेले कालिकोट सरुवा गरिएको छ ।

मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।

यस्तै कालिकोटका प्रजिअ गिरीधारी सुवेदीलाई उपक्षेत्रीय प्रशासक बनाएर कास्की सरुवा गरिएको छ ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?