विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेको कोशी अस्पतालमा भोलीदेखि कोरोना परिक्षण शुरु हुने भएको छ।


ADVERTISEMENT


आबश्यक पर्ने रिएजेन्ट किट सहित बिर अस्पतालबाट प्राबिधि बिज्ञ सहित आज बिराटनर आएपछि त्यसको पुर्ब तयारीको काम आजैदेखि शुरु हुने र भोलीदेखि कोशी अस्पतालबाट परिक्षण शुरु हुने प्रदेशिक प्रयोगशालाका निमित प्रमुुख जयबेन्द्र यादवले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


हेलिकोप्टरबाट पिपिई सहित रिएजेन्ट किट ल्याएपछि त्यसको परिक्षणको काम शुरु हुनेर भोली देखि नै परिक्षण हुने बिर अस्पतालबाट प्राबिधिक सहयोगका लागि आएका टोलीले बताए । तत्काल परिक्षण शुरु गर्नको लागि ६ सयको परिक्षण गर्न मिल्ने गरि रिएजेन्ट किट र ५० थान पिपिई सहितका अन्य प्राबिधिक सामाग्रीहरु सहित आफुहरु आएका छौं । भोलीदेखि नै परिक्षण शुरु गर्ने तयारी भएको छ ।