विराटनगर – प्रदेश नं १ मा आज साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ ।


ADVERTISEMENT


प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकामा १०३ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ ।


ADVERTISEMENT

# # #


परीक्षणका लागि पठाएका स्वाबमध्ये २९ महिला छन् । प्रदेशमा मङ्गलबारसम्म विभिन्न स्थान गरी २५४ क्वारेन्टाइनमा चार हजार १४८ श्यया रहेका छन् भने आइसोलेसन बेडको सङ्ख्या ४३२ छ । यसैगरी आजसम्म तीन हजार ३१ जना क्वारेन्टाइमा बसेका छन् भने आइसोलेसनमा बस्नेको सङ्ख्या १० छ । आइसोलेसनबाट आजसम्म आठ महिलासहित २२ तथा क्वारेन्टाइनबाट ३२ जनालाई घर फिर्ता पठाइएको छ ।

कोरोना जनसुरक्षा कोषमा रु १२ करोड ३७ लाख जम्मा

प्रदेश नं १ को सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा आज थप रु ३० लाख ५५ हजार ५५५ जम्मा भएको छ । कोरोना जनसुरक्षा कोषमा अब रु १२ करोड ३६ लाख ९५ हजार ९८४ जम्मा भएको छ ।

मुख्यमन्त्री शेरधन राईलाई भाटभटेनी सुपर मार्केट विराटनगरका प्रबन्धक सरिता राईले रु २५ लाखको चेक आज प्रदान गर्नुभयो । त्यस्तै जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङले रु पाँच लाख ५५ हजार ५५५ हस्तान्तरण गरेको छ । रासस