काठमाडौ । नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली काङ्ग्रेस मकवानपुरका सभापती माननीय इन्द्रबहादुर बानियाँ ज्यु ले जनतालाई दिने र बितरण गरिरहेको राहतमा राजनीतिकरण नगर्न अनुरोध गर्नु भएको छ। प्राइम टेलिभिजनमा ऋषि धमला ज्यु सङ्गको अन्तरवार्ता मार्फत यस्तो अनुरोध गर्नु भएको हो।कसैको जीवन र पेटको सबाल हुन्छ यसमा खेलाची नगर्न र नगराउन अनुरोध गर्नु भएको छ। बागमती प्रदेशका धेरै ओटा जिल्ला बाट यस्तो गुनासो आएको हुँदा यस्तो कार्य जो कोइले गरेको भएपनी तुरुन्त बन्द गर्न आग्रह गर्नु हुँदै सर्बदलिय हिसाबले राहत बितरण गर्नु पर्ने भन्दै दैनिक ज्यालादारी गरेर हात मुख जोड्ने जो कोहिलाई पनि तुरुन्त राहत उपलब्ध गराउन अनुरोध गर्नु भएको छ।संकट र बिपत्तिको बेला दलिय स्वार्थ भन्दा माथी उठेर सबै जनाले सेवा गर्नु पर्ने उहाको भनाई रहेको छ ।


ADVERTISEMENT