काठमाडौं । नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका सीईओ गोबिन्द ढकालले राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मन्त्रीपरिषदबाट अधिकारीलाई गभर्नरमा भएको नियुक्तिले बैंकिङ क्षेत्रमा नयाँ उत्साह थपेको भन्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका ढकालले नयाँ गभर्नरका रूपमा अधिकारीको आगमनबाट विकास बैंकहरूमा सकारात्मक प्रभाव पर्ने अपेक्षा समेत गरिएको बताएका छन् ।


ADVERTISEMENT

# # #


“तीस बर्ष लामो अनुभव सँगाल्नु भएका महाप्रसाद सर नयाँ गभर्नर हुनुभएकाले बैकिङ क्षेत्रमा नयाँ उत्साह छाएको छ” सीईओ ढकालले भने राष्ट्र बैंकमा उहाँ जस्तो सक्षम नेतृत्व आएसँगै विकास बैंकमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

ढकालका अनुसार गभर्नर अधिकारीलाई बैंक तथा वित्तीय संस्थाहरूले सक्षम, अनुभवी, व्यवहारिक निर्णय गर्नसक्ने, बैंकिङ क्षेत्रका समस्या र आवश्यकताहरू बुझेको नेतृत्वका रूपमा लिएका छन् ।

“अहिले सम्म उहाँले खेलेको भुमिकाले बैंकिङ क्षेत्रमा उत्साहको सञ्चार छाएको छ” सीईओ ढकालले भने नयाँ गभर्नरमा महाप्रसाद सरको नियुक्तीलाई सबै बैंक तथा वित्तीय संस्थाहरूले राम्रो मानेका छन्, “मलाई समेत राष्ट्र बैंकको नेतृत्वमा उहाँको आगमनले अत्यन्तै खुसी बनाएको छ” ।

सीईओ ढकालले नयाँ गभर्नर अधिकारीलाई बर्तमान समयमा बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक देशको गभर्नरका रूपमा हेरिएको बताएका छन् ।

महाप्रसाद सर समयको माग र बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक नेतृत्व हो सीईओ ढकालले भने गभर्नरमा उहाँको नियुक्तिका लागि हार्दिक बधाई अनि सफल कार्यकालको मँगलमय शुभकामना ।