काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरणका लागि लकडाउन वैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका लागि ८ दिन थप गरेको हो ।


ADVERTISEMENT


लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले पहिलो पटक चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

लसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।