काठमाडौँ – नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम कोषलाई प्रभु बैंक लिमिटेडले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


बिहीबार बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


प्रभु बैंकले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

बैंकले उपलब्ध गराएको सहयोगराशीबाट कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।