काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले लकडाउनपीडितलाई आज खाद्य सामग्री वितरण गरेका छन् ।


ADVERTISEMENT


काठमाडौ बाफलका कुँवरले काठमाडौं महानगपालिका १३ र नागार्जुन नगरपालिकाका केही परिवारलाई दैनिक जीविकाका लागि केही सामग्री हस्तान्तरण गरेको बताएका छन् । नेपाल हेभी इक्विपमेन्ट व्यवासायी महासंघका अध्यक्षसमेत रहेका कुँवरले चामल, आलु, चिनी, दाल, चियापत्ति, तरकारीलगायतका सामग्री प्रदान गरिएको जनाए । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । हजुरलाई नमस्ते टेड लिंकका सञ्चालक कुँवरले लकडाउनले दैनिक कामकाज गरेर गुजारा गर्नेको जीवन संकटमा परेकाले थोरै भएपनि मानवीयता देखाएको बताए ।


ADVERTISEMENT

# # #


चक्रपथ सफाई अभियानका प्रमुख अभियन्तासमेत रहेका कुँवरले वरपर सडकमा किटनाशक औषधी चुन पाउडर पनि छर्किएका छन् । किटाणुको संक्रमण फैलन नदिन औषधी छर्किएको उनले बताए । कुँवरकै नेतृत्वमा अभियानले १ सय ४० औं हप्ता कलंकीदेखि नयाँ बसपार्कसम्म हरेक शनिबार विहान सरसफाई गर्दै आएका छन् । महंगो शुल्क लिएर विद्यार्थी पढाउने निजी अस्पतालले यो असहज अवस्थामा विरामीको उपचार गर्नबाट पन्छिएकामा समेत उनको आपत्ति छ । उनले अस्पतालहरु जिम्मेवार नभएको समेत आरोप लगाए ।
कुँवरले हिजो कुलेश्वरको नेपाल विद्युत प्राधिकरणमा आगो लाग्दा पनि आफ्नो डोजर लिएर गएको बताए । आवश्यक परेको खण्डमा डोजरले माटो खनेर आगो निभाउन डोजर लगिएको उनको भनाई छ । उनले सबै नागरिकलाई सुरक्षित भएर घरभित्रै रहन आग्रह गरेका छन् ।