काभ्रे । सर्बसाधारणहरुले लकडाउन उल्लंघन गरेपछि जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय बनेपा तथा मातहतका प्रहरीचौकीहरु मार्फत १ सय ४९ जनालाई पक्राउ गरी कोरोना संक्रमण र सरकारले गरेको लकडाउनका बारेमा प्रशिक्षण दिईएको छ ।


ADVERTISEMENT


‘लकडाउन कार्यान्वयन गराउने क्रममा जिल्लाका सबै प्रहरी चौकी र मातहतका निकायलाई दिएको निर्देशन अनुरुप १ सय ४९ जनालाई पक्राउ गरी प्रशिक्षण दिईएको एसपी रविकुमार पौड्यालले बताए ।


ADVERTISEMENT

# # #


‘इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले पोलिटेक्निकल स्कुलको प्राङ्गणमा दुई चरणमा प्रशिक्षण दिएका छन् ।

यस्तै, लकडाउनको आठौ दिनसम्म प्रहरीले काभ्रेमा विभिन्न स्थानबाट ४ सय भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । चैत्र १८ गते दुईवटा कार, २३ वटा मोटरसाईकल, ४ वटा स्कुटर नियन्त्रणमा लिएको जनाईएको छ । लक डाउनको दोश्रो दिनमा प्रहरीले विभिन्न स्थानबाट २ सय भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको थियो । हरेक दिन प्रहरीले लकडाउन उल्लघन गरी सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिरहेको प्रहरी प्रमुख एसपी पौड्यालले हिमालयपोष्टलाई जानकारी दिएका छन् ।

लकडाउनको अवधीमा प्रहरीले अत्यावश्यक सेवाहरुलाई निर्वाध सञ्चालन गर्न दिईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिएका छन् ।