झापा – मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरुको घरमा रातो रंगको संकेत राख्ने काम शुरु गरेको छ । विदेशबाट फर्किएकाहरुको पहिचान पश्चात उनीहरुको घरमा रातो संकेत राख्न शुरु गरेको हो ।


ADVERTISEMENT


नगरका मेयर विमल आचार्यले विदेशवाट आएको भन्ने पहिचानका लागि यस्तो अभियान शुरु गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


विदेशवाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारणको सचेतनाका लागि त्यस्तो अभियान शुरु गरिएको मेयर आचार्यले बताए ।